एनआईसी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न

  २०७९ माघ १८ गते १६:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा मर्चेन्ट मिट सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाएको सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले मर्चेन्ट मिट आयोजना गरिएको बैंकले  जनाएको छ ।

कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी दिएका थिए ।

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.