साना किसान लघुवित्तले मार्याे फड्को, नाफा ३४ प्रतिशत बढ्दा ईपीएस ५५.६१ रुपैयाँ

  २०७९ माघ १८ गते ८:२२     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.८६ प्रतिशत बढेर ४३ करोड ४९ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३२ करोड ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.४३ प्रतिशत बढेर ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको सञ्चालन नाफा ३४.४८ प्रतिशत बढेर ६२ करोड ३ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ४६ करोड १५ लाख ७६ हजार रूपैयाँ सञ्चालन नाफा रहेको थियो । ६ महिनामा लघुवित्तको वितरणयोग्य नाफा २६ करोड ९६ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा कोष १.६१ प्रतिशत घटेर १ अर्ब ४३ करोड ४० लाख ८२ हजार रुपैयाँ, निक्षेप १ अर्ब ४४ करोड १८ लाख ७३ हजार रुपैयाँ र कर्जा ३६ प्रतिशत बढेर ४ करोड ३३ लाख १३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २२.७१ गुणा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ४.३५ प्रतिशत, आधार दर ४.९५ प्रतिशत र खराब कर्जा १.३७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.