२०७९ माघ १७ गते १६:४७ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।
जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
ग्राहकको लागि यो सुविधा बैंकका फागुन १५ गतेसम्म कायम रहने बैंकले जानकारी दिएको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ ।
यसका साथै, माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताले ० प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.