मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७९ माघ १७ गते १०:५३     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी १४ करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.