नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

  २०७९ माघ १७ गते ७:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कस्ल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस वापतको ७ लाख ८५ हजार ६१७.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.