सोल्टी होटलले जम्मा गर्याे २१.३१५ प्रतिशत लाभांश सेयरधनीको खातामा

  २०७९ माघ १७ गते ७:२७     विकासन्युज

काठमाडौं । सोल्टी होटलले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको २१.३१५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २१.३१५ प्रतिशत नगद लाभांश पुस ६ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.