नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  २०७९ माघ १७ गते ६:४७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।

दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा मूल्य समायोजन भएको हो । नेप्सेले समायोजन गरेको मूल्यका आधारमा मंगलबार कारोबार हुनेछ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८२७.८७ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १०१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत .नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तको माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा हुनेछ ।

यस्तै, शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८०८.६२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता ९३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.