हुलास जस्तापाता किन्दा हरेक दिन २ जनालाई एक-एक लाख रुपैयाँ उपहार

  २०७९ माघ १६ गते १८:००     विकासन्युज

काठमाडाैं । हुलास कम्पनीले हुलास १०० लखपति याेजना सार्वजनिक गरेकाे छ । माघ १५ सुरु भएकाे यस याेजना चैत १५ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीकाे अनुसार न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा ग्राहकहरु यास याेजनाकाे ‘लक्की ड्र’मा सहभागी हुन सक्नेछन् ।

यसकाे लागि ग्राहकले लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचेर एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा वाट्सएप वा भाइबरमा पठाउनु पर्ने छ । कम्पनीकाे अनुसार एउटा भ्याट बिल र कुपन एक पटक मात्रै लक्की–ड्रमा सहभागी हुन पाउने छन् ।

ग्राहकले ३ बण्डलभन्दा बढी जस्तापाता खरिद गरेकाे खण्डमा कम्पनीले हरेक ३ बण्डलमा थप १ कुपन लक्की ड्र मा सामेल गरीदिने जनाएकाे छ ।

योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेसबुक पेजबाट लक्की ड्र मार्फत २ जनालाई प्रति व्यक्ति १ लाख नगद उपहार घोषणा गरिने कम्पनीले जानकारी दिएकाे छ ।

हुलास स्टील लखपतिमा पहिलो दिन कृष्ण अधिकारी र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समितिले १-१ लाख रुपैयाँ जितेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.