एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

  २०७९ माघ १६ गते १३:३४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

उक्त सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम चुक्ता पुँजी हो ।

उक्त बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.