२२ प्रतिशत बोनससहित २ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

  २०७९ माघ १६ गते ९:०६     विकासन्युज

काठमाडौं । सोमबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तम दिन रहेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश तथा साधारण सभामा साभागी हुन पाउनेछन् ।

नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत .नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण प्रस्ताव पारित गर्न लघुवित्तले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.