भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरे

  २०७९ माघ १६ गते ८:३२     विकासन्युज

काठमाडौं । भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरेका छन् । भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका हुन् ।

स्वास्थ्यमन्त्री दास सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका थिए । मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उनलाई लगत्तै उपचारका लागि अस्पताल र्पुयाएको थियो । तर, अस्पताल पुर्याउँदा उनी बाँच्न सकेनन् ।

गोली हान्ने प्रहरीलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.