निजी क्षेत्रलाई पार्किङको जिम्मा दिदैँ पोखरा विमानस्थल कार्यालय

  २०७९ माघ १५ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उत्तरपट्टी रहेको जग्गा पार्किङका लागि ठेक्कामा लगाउने भएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आईतबार एक सूचना जारी गर्दै टर्मिनल भवन रहेको उत्तरपट्टी रहेको १० हजार ५ सय १४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी पार्किङ तथा शुल्क संकलनका लागि टेन्डर आह्वान गरेको छ ।

सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र इच्छुक आवेदन कर्ताले नेपाल बैंक लिमिटेड पोखरा शाखामा रहेको कार्यालयको खातामा ३ हजार ३९० रुपैयाँ बुक्राएको भैचर सहित बोलपत्र खरिद गर्न सक्ने जनाएको छ ।

कार्यालयले ५ वर्षका लागि कम्पनी छनोट गर्न लागको हो । कार्यालयले पाँच वर्षका लागि न्यूनतम १ करोड ६२ लाख ३३ हजार रुपैयाँ तोकेर टेन्डर गरेको छ ।

यसअघि नै प्राधिकरणलाई बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेका कम्पनी उक्त बोलपत्रमा सहभागिता जनाउन नपाउने प्राधिकरणले सूचना मार्फत जनाएको छ ।

कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेको भन्दा बढी सेवा ग्राहीसँग लिन पाउने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.