२०७९ माघ १५ गते १०:२८ विकासन्युज
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.