मकर जितुमाया सुरी हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन सकिने

  २०७९ माघ १५ गते ७:४०     विकासन्युज

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ६० लाख बराबरको प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित वासिन्दा दोलखाका लागि निष्काशन गरेको हो । जसमध्ये अति पीडित क्षेत्र दोलखाको गौरीशङ्कर गाउँपालिका ५ र ६ का बासिन्दामा ३ लाख ४ हजार कित्ता, पीडित क्षेत्र गौरीशङ्कर गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ का बासिन्दाका लागि ३ लाख ४२ हजार कित्ता र सामान्य पीडित क्षेत्र दोलखाकै विगु गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दामा १ लाख १४ हजार कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५२ लाख रुपैयाँको १ लाख ५२ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा माघ २९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक र लक्ष्मी बैंकले तोकेका शाखा कार्यालय र प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.