सुपर मादी हाइड्रोको आईपीओमा पौने १२ लाख लगानीकर्ताको हात रित्तो !

  २०७९ माघ १५ गते ६:२७     विकासन्युज

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ लाख ५७ हजार ७४५ जना आवेदकले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको हो । कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

जसमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र ४२ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ७२ हजार ३ सय जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका ११ लाख ८३ हजार लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.