छैठौं वर्षमा खल्ती, दुई सब्सक्रिप्शन प्लान ल्याउँदै

  २०७९ माघ १२ गते १७:३५     विकासन्युज

काठमाडौं । डिजिटल वालेट खल्ती छैठौं वर्षमा प्रवेश गरेको छ । माघ १२ गते बुधबार कम्पनी स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको हो ।

यस अवसरमा कम्पनीले ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने भएको छ । यस प्लान अन्तर्गत खल्तीले विशेष अफर र सुविधा प्रधान गर्ने जनाएको छ। साथै, खल्तीले विभिन्न साझेदारहरुसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभअवे पनि ल्याएको छ ।

दैनिक ३ लाखसम्म भुक्तानी हुने गरको खल्तीमा ३१ लाख प्रयोगकर्ताको रहेको कम्पनीले जानकराी दिएको छ । खल्तीकले देशभरि ७० हजार एजेन्ट, ६० हजार व्यापारी, ५० बढी बैंक तथा वितिय संस्था, ११ सय सहकारीहरू र २५० बढी कर्मचारीको साथमा काम गरिरहेको छ।

खल्तीले गत वर्ष ‘डिजिटल अपर्टुनिटि/इन्क्लुजन अवार्ड’ को श्रेणी मा ‘विट्सा ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ र सुचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ‘आइएसओ २७००१ः२०१३ प्रमाणपत्र’ प्राप्त गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.