२०७९ माघ १२ गते १०:५१ विकासन्युज
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७३ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । जसमा ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २५ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.