स्वाभिमान लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

  २०७९ माघ १२ गते १०:४६     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ । जसमा २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.