हिमालयन बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान र आँखा परिक्षण शिविर संचालन

  २०७९ माघ ११ गते १५:५४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर र  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका स्थित माछापुछ्रे स्वास्थ्य चौकी, दुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे ।

बैंकका अनुसार डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व , नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा माघ ४ गते देखि माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएको बैंकले जनाएको छ ।

यसै गरी ‘रक्तदान जीवनदान’ भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.