लुम्बिनी जनरल इन्स्योरेन्सको घट्यो बोनसदर

  २०७९ माघ ११ गते ११:१५     विकासन्युज


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । लाभांश संशोधनसँगै कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ ।

कम्पनीले यसअघि ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर नेपाल बीमा प्राधिकरणबाट संशोधन भएर आएसँगै कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको नयाँ प्रस्ताव छ ।

उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ । ६.९९ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.