इसेवा १५ औं वर्षमा प्रवेश, बिहान ११ बजेसम्म कारोबार गर्ने ७ जनाले हिरा पाउने

  २०७९ माघ १० गते १८:२१     विकासन्युज

काठमाडौं । सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो ।

यस अवसरमा मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आफुहरु जहिलेपनि प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेकाे बताए ।

१४ औं वार्षिक उत्सवको अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यासब्याक, बिहान १० देखि ११ बजेसम्म संचालन हुने डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार र ११ देखि १२ बजेसम्म संचालन हुने मुभि आवरमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट पाइनेछ ।

यस्तै, १ देखि २ बजेसम्म संचालन हुने भौचर मेला आवरमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिने, २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएकाे छ ।

यस्तै, ३ देखि ४ बजेसम्म संचालन हुने मेरोसेयर अफरमा ग्राहकले ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्

इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.