राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी माग्यो सुझाव

  २०७९ माघ ९ गते १५:५५     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सम्बन्धी सुझाव मागेकाे छ । बैंकले आर्थिक वर्ष २०७९/८० काे माैद्रिक नीतिकाे अर्द्धवार्षिक समीक्षाकाे लागि राय र सुझावहरु मागेकाे हाे ।

बैंकले माघ २० गतेसम्म बैंककाे आर्थिक अनुसन्धान विभागकाे इमेल वा ठेगनामा सुझावहरु पठाउन अनुराेध गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष माैद्रिक नीति सार्वजनिक गर्दै आएकाे छ । नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि नै मौद्रिक नीति हो । सामान्यतः बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ ।

सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.