दोस्रो पटक योजना आयोगको उपाध्यक्ष बने डा. श्रेष्ठ, को हुन् उनी ?

  २०७९ माघ ९ गते १३:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भएर काम गरिसकेका उनलाई सोमबारकाे मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए । श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। मा‌ओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.