२ करोडको आइपीओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

  २०७९ माघ ६ गते १५:०४     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

जारी पुँजी अन्तर्गत छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण सेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले प्रतिसेयर एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयर खुल्ला गरिने जनाएको छ ।

जसमा २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई, तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कहिले दिने आवेदन ?

सार्वजनिक आह्वानपत्रानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने छ । त्यस्तै सर्वसाधारणले आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो अवधिमा मागबमोजिम आवेदन नपरे ढिलोमा आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत सेयर खरिदको आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले गरेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.