पैसाको अभावले उपचार नपाएर मर्न पर्ने अवस्थाको निवारण गर्न चाहन्छौं – राज्यमन्त्री कार्की

  २०७९ माघ ३ गते १५:४४     विकासन्युज

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अब मुलुकमा पैसाको अभावमा उपचार गर्न नपाएर मर्न पर्ने अवस्थाको निवारण गर्ने बताएकी छन् । आज मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री कार्कीले सो बताएकी हुन् । ‘देश, जनता र इश्वरलाई साक्षी राखेर हामी भन्न चाहन्छौं, हाम्रो देशमा अब चाहिँ पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई हामी पूर्ण रुपले निवारण गर्न चाहन्छौं’, उनले भनिन् ।

मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै आँखाको स्वास्थ्य उपचारलाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको उनले बताइन् । केन्द्र देखि आधारभूत तहसम्मको अस्पतालमा स्वास्थ्यको मापदण्डअनुसार काम भएको वा नभएकोे विषयमा आवश्यक नियमनको लागि मन्त्रीसमक्ष निर्णय गरेर फरवार्ड गरेको कार्कीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.