३२ अंकले बढ्याे सेयर बजार, तीन कम्पनीमा लाग्याे सर्किट

  २०७९ माघ ३ गते १५:११     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज ११ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको अनुसार मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनी क्रमशस् ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.