लघुवित्तहरुको लाभांश ७७ प्रतिशतसम्म, यी १६ कम्पनीको सेयर किन्दा अझै पाइन्छ प्रतिफल

  २०७९ माघ ३ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिकांश कम्पनीहरुलाई लाभांश वितरणमै कडाइ गर्दा केही लघुवित्तहरुले भने आकर्षक लाभांश घोषणा गरेका छन् । केही बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ग्राहकबाट शुल्क तथा प्रिमियम लिएको भेटाएपछि राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्दा केही लघुवित्तले भने सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सफल भएका हुन् ।

राष्ट्र बैंकको नीति अनुसार आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारणसभा गरि सक्नु पर्ने प्रावधान भएपनि राष्ट्र बैंकले एजीएम क्लियरेन्स नदिँदा अधिकांश लघुवित्तहरुले साधारणसभा गर्न पाएका छैनन् भने लाभांश पनि घोषणा गर्न पाएका छैनन् । तर, केही यस्ता लघुवित्त छन् जसले सेयरधनीलाई उच्च रुपमा प्रतिफल दिएर खुसी बनाएका छन् ।

केही लघुवित्तहरुले सेयरधनीहरुलाई ७६ प्रतिशत बढी लाभांश दिएका छन् । २५ वटा लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उच्च रुपमा लाभांश घोषणा गरेका हुन् । करिब आधा दर्जन लघुवित्तले मात्रै साधारणसभा गरिसकेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये नौ वटाको बुक क्लोज भइसकेको छ भने १६ वटाको बुक क्लोज हुन बाँकी छ । हालसम्म इन्फिनिटी (२० प्रतिशत), सर्पोर्ट (११.५७८९प्रतिशत), नयाँ सारथी (२० प्रतिशत), मिथिला (१५.७८९५), स्वाबलम्बन (२१.०५), छिमेक (२५.२६), एनएमबि (१०.५२६३), स्वरोजगार (२३.१५७९), डिप्रोक्स (२१.०५२६), माहुली (२५), महिला (५०), निर्धान उत्थान (२०), आँधीखोला (३१.५८), सिवाइसी नेपाल लघुवित्त (३१.५८)ले लाभांश घोषणा गरेका छन् ।

यस्तै, साधन (२०), मिरमिरे (२३), नेरुड (२३.१५७९), मेरो माइक्रोफाइनान्स (२०), फरवार्ड (३०), गुँरास (४.२१०५), आरएमडीसी (२७.३६८४), साना किसान विकास (२७.३६८४), फष्र्ट माइक्रोफाइनान्स (२०), आरएसडीसी (११), जालपा सामुदायिक लघुवित्त (७६.८४२१ प्रतिशत)ले लाभांश घोषणा गरेका छन् ।

लाभांश प्रस्ताव गरेका लघुवित्तहरुमध्ये इन्फिनिटी, सर्पोर्ट, नयाँ सारथी, मिथिला, स्वाबलम्बन, छिमेक, एनएमबि, स्वरोजगार, डिप्रोक्स, माहुली, महिला, निर्धान उत्थान, नेरुड, फष्र्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको बुक क्लोज हुन बाँकी छ । अन्यको बुक क्लोज भइसकेको छ ।

बुक क्लोज हुन बाँकी कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउने व्यवस्था छ ।

बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउनका लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ । लघुवित्तमा नेरुड लघुवित्तको लाभांश सुरक्षित गर्न १४ दिन बाँकी छ । सो लघुवित्तले माघ ३१ गते बुक क्लोज मिति तोकेको छ । यसको अर्थ माघ ३० गते सम्म नेप्सेमा यस लघुवित्तको सेयरधनीको रुपमा कारोबार गरेकाले मात्र यस कम्पनीको लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.