गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने, अध्यक्ष र सीईओ दुबै यूनियनबाट

  २०७९ माघ १ गते १८:१०     विकासन्युज

काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर गर्ने अन्तिम सम्झौता भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा आइतबार तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।यसअघि नै तीन कम्पनीबीच मर्जरकाे सैद्धान्तिक सहमित काम अगाडि बढेकाे थियाे ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर स्वाप रेसियाे १ : १ : १ कायम गरिएको छ । डिडिए रिपाेर्टका अाधारमा स्वाप रेसियाेमा अन्तिम सहमति भएकाे कम्पनीले जनाएका छन् ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । अध्यक्ष र सीईओ दुबै यूनियन लाइफ इन्स्याेरेन्स कम्पनीका हुन् ।

मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । यूनियन लाइफका प्रवर्द्धककाे अगुवाइमा गत वर्ष हिमालयन रि इन्स्याेरेन्स खुलेकाे थियाे ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको यूनियन लाइफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकतृ मनाेज कुमार लाल कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.