रोटरी क्लबद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  २०७९ माघ १ गते १३:२६     विकासन्युज

काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । क्लबले शनिवार मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेकाे थियो ।

शिविरमा जेनेरल चेकअप प्रेसर, सुगर, नाक, कान, घाँटी, छाला रोग, दन्त परीक्षण, पोषण परामर्श, आँखा जाँच तथा मोतीबिन्दु, स्त्री तथा पाठेघरको क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिएकाे थियो ।

क्लबका अनुसार विभिन्न रोगका ४ सय ६६ जनाले उक्त शिविरमा पुगि स्वास्थ्य परीक्षण गरेका थिए । जसमध्ये एक सय ३७ जनाको आँखा परीक्षण गर्दा १२ जनामा मोतीबिन्दु देखिएको र उनीहरूलाई कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क अपरेसन गर्नै व्यवस्था क्लबले मिलाएको छ ।

रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको पनि क्लबले जानकारी दिएको छ । यस कार्यक्रममा रोटरी, रोटरायाक्ट र प्राइम हेल्थ हबका ४० जना स्वयम्सेविका परिचालन गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.