‘५ वर्षभित्र एनआइसी एशिया १० खर्बको बैंक बन्छ, लाभांशमा टप वान हुन्छ’

  २०७९ पुष २९ गते ११:४१     विकासन्युज

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा राखेका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् ।

उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताएका छन् । ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ । तर, अघिल्लो वर्ष र गत वर्षको नाफाबाट सेयरधनीले लाभांश नपाएपनि उनीहरुको सम्पत्तिमा भने क्षयीकरण नभएको धारणा राखे ।

यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए ।

‘बैंकिङ क्षेत्रकै धेरै लाभांश दिने क्षमता एनआइसी एशिया बैंकसँग छ, सेयरधनिले तत्काल लाभांश नपाएपनि लगानीकर्ताको सम्पत्तिमा कुनै क्षयिकरण हुँदैन, यो दुई वर्ष लाभांश पाउन नसके पनि विगत ५ वर्षमा बैंकका सेयरधनीले धेरै लाभ लिएका छन्,’ उनले कार्यक्रममा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.