साधारण सभा भएको दोस्रो दिन नै एनटिसीले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

  २०७९ पुष २९ गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले वार्षिक साधारण सभाले पारित गरेको दोस्रो दिन नै लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीको बिहीबार पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

कम्पनीले आज पुस २९ गते शुक्रबारदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको प्रतिकित्ता ४० रुपैयाँ नगद (कर समेत) लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ ।

कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.