‘सेयर लगानीमा कडाइ गर्दा बैंकको नाफा घट्यो, अब उचित लाभांश दिन्छौं’

  २०७९ पुष २८ गते १३:५५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकका सेयरधनीहरुलाई उचित प्रतिफल दिने बताएका छन् । पछिल्लो सयम कोरोना महामारी र तरलता अभावका कारण धेरै लाभांश दिन नसकेपनि आगामी वर्षमा भने सेयरधनीलाई उचित प्रतिफल दिने उनले बताएका हुन् ।

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष केडियाले राष्ट्र बैंकले जारी गरेका निर्देशनले पनि काम गर्न गाह्रो भएको समेत बताए ।

‘कोरोना महामारीले अर्थतन्त्रमा नकारात्मक असर पर्याे, तरलता अभाव खेप्नुपर्याे, जसले गर्दा बैंकको नाफा घट्न पुग्यो, नाफा घट्नुमा राष्ट्र बैंकले ल्याउका नयाँ–नयाँ निर्देशन पनि हो,’ उनले भने, ‘अब विस्तारै सुधार हुँदै गएकाले आगामी दिनमा सेयरधनीहरुलाई उचित प्रतिफल दिने छौं, बैंकले नयाँ नयाँ क्षेत्र खोजिरहेको छ ।’

सिद्धार्थ बैंकले डिजिटल पहिलो अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै बैंकले पनि नयाँ प्रविधिलाई पच्छ्याई रहेको उनले बताए ।

‘डिजिटलमा थुप्रै काम पनि भइसकेका छन्, आगामी दिनमा बैंकको सेवालाई डिजिटलमा रुपान्तरण गर्ने योजना छ, बैंकको परिसरमा ग्राहकरु नआएर घरबाट नै सेवा उपभोग गर्न सकिने बनाउँदै छौं, ग्राहकलाई घरदैलोबाट नै सेवा प्रदान गर्ने योजना छ,’ उनले भने ।

बैंकमा खाता भएका ग्राहक वा खाता नभएका ग्राहकलाई सेवा दिन तत्पर रहेको उनले बताए । कर्मचारीको सहि व्यवस्थापनले बैंकले उचाइ लिएको बताए ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलले निक्षेप तथा कर्जा, बैंकको भौतिक विकास, गैर ब्याज आम्दानी वृद्धि गर्ने, साइबर सुरक्षामा कडाइ गर्ने लगायतलाई आत्मसाथ गर्दै अघि बढेको बताए ।

‘बैंकलाई सुदृढ गर्न हामी निरन्तर रुपमा अघि बढेका छौं, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गरेको कडाइका कारण सेयर बजारमा काम गर्न पाएनौं, जसले गर्दा गैरब्याज आम्दानी घट्यो, डिजिटलमा जोड दिँदा साइबर हमलाको खतरा रहेकाले सुरक्षीत गर्ने चुनौति रहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.