बैंकर्स संघको अध्यक्षमा सीईओ केसी र उपाध्यक्षमा कोइराला चयन

  २०७९ पुष २७ गते २१:३८     विकासन्युज

काठमाण्डौ । वाणिज्य बैंकहरुका सीईओको संगठन नेपाल बैंक संघ (एनबिए)को अध्यक्ष सुनिल केसी चयन भएका छन् । बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

बैंकर्स संघको बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि सीईओ केसी संघको उपाध्यक्ष थिए । यसअघि संघको अध्यक्ष कृषि विकास बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्याय थिए । उनको सीईओको कार्यकाल पुस १० गते सकिएपछि अध्यक्ष पद पनि सकिएको थियो ।

सीईओको कार्यकाल सकिएपछि संघको अध्यक्ष पद पनि स्वतः रिक्त रहने व्यवस्था रहेको छ ।

यस्तै, बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वम्मत चयन भएका छन् ।

बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपकुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.