यी २ कम्पनीको सेयर किन्दा २० प्रतिशतसम्म लाभांश पाइने

  २०७९ पुष २१ गते ८:२५     विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी २ कम्पनीले पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौं वार्षिक साधारण सभा माघ ६ गते होटल हारति क्राउन नुवाकोटमा बिहान ११ बजे बोलाएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.