आइएमई लाइफले माग्यो कर्मचारी

  २०७९ पुष २० गते १२:३३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभक र रिक्स डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा शाखा कार्यालय, बागमति प्रदेशका लागि ९ वटा शाखा कार्यालय, गण्डकी प्रदेशका लागि ९ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशका लागि ३ वटा शाखा कार्यालय, कर्णाली प्रदेशका लागि ८ वटा शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशका लागिव ३ वटा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित माघ ४ गतेभित्र कम्पनीको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.