सेयर बजारबारे प्रधानमन्त्रीकोे चासो, अनुत्पादक क्षेत्रमा ऋण ठप्प पार्न निर्देशन

  २०७९ पुष २० गते १२:०४     विकासन्युज

काठडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुत्पादक क्षेत्रमा कर्जा लगानी ठप्प पार्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेलर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै उनले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह ठप्प पार्ने निर्देशन दिएका हुन् ।
उनले छलफलमान सेयर बजारको विषयमा पनि चासो राखेको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले बताए ।

‘प्रधानमन्त्रीज्यूले अनुत्पादन क्षेत्रमा कर्जा लगानी रोक्न निर्देशन दिनु भएको छ, उहाँले सेयर बजारको विषयमा पनि चासो राख्नु भएको छ, देशको अर्थतन्त सुधारका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो,’ उनले विकासन्युजसँग भने ।

यस्तै, देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.