४ कम्पनीलाई आईपीओ निष्काशन गर्न सेबोनको अनुमति, कुनको कति ?

  २०७९ पुष २० गते ८:०७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वभिन्न ४ कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । सेबोन बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो ।

बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले पुस ४ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

सगरमाथा हाइड्रोपावरले पनि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले पुस १७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.