शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्मित दिन

  २०७९ पुष २० गते ६:५६     विकासन्युज

काठमाडौं । शुभम पावरलेवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । उक्त सेयरमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज पुस २० सम्म आवेदन दिने सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.