८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

  २०७९ पुष १९ गते ७:२८     विकासन्युज

last day sign flat concept

काठमाडौं । विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी ८ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

मिर्मिरे लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १२ औं वार्षिक साधारण सभा पुस ३० गते योयो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे बोलाएको छ ।

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैटौं वार्षिक साधारण सभा पुस ३० गते होटल गोरखा बिसौनीमा साढे ११ बजे बोलाएको छ ।

गुँरास लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ३० गते होटल पोखरा ग्राण्डी बिरौटा पोखरामा बिहान १० बजे १६ औं साधारण सभा बोलाएको छ ।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय बिरगंजमा बिहान १० बजे २२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सातौं वार्षिक साधारण सभा २९ गते होटल सामना, हेटौंडामा बिहान १० बजे बोलाएको छ ।

बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३६औं वार्षिक साधारण सभा पुस २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आह्वान गरेको छ ।

बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४४औं वार्षिक साधारण सभा पुस २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.