नबिल इन्भेष्टमेन्टले घोषणा गर्याे ५ करोड ४० लाख रुपैयाँ लाभांश

  २०७९ पुष १८ गते ९:१०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित आफ्नो वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते बिहान ११ बजे कम्पनीको सभा कक्ष सेन्ट्रल प्लाजा नारायाणचौर काठमाडौंमा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को यस कम्पनी तथा साविकको नेपाल बङ्गलादेश क्यापिटलको छुट्टाछुट्टै सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै, यस कम्पनी र साविकको नेपाल बङ्गलादेश क्यापिटलको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छुट्टाछुट्टै छलफल गरि पारित गर्नेछ ।

यस्तै, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कर सहित ५ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, साविकको नेपाल बङ्गलादेश क्यापिटलको आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्त सम्मको वित्तीय विवरणहरुको लेखापरीक्षणको निमित्त लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.