कृषि विकास बैंकका सीईओको कार्यकाल सकियो, नदोहोर्याउने मुडमा सञ्चालक समिति

  २०७९ पुष ८ गते १४:३९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको कार्यकाल सकिएको छ । ४ वर्षअघि अर्थात् २०७५ पुस १० गते बैंकको सीईओ पदमा नियुक्त भएका उनको पहिलो कार्यकाल आज सकिएको हो ।

यससँगै अब बैंकको सञ्चालक समितिले कार्याकाल थप्यो भने सीईओ उपाध्याय दोहोरिन चाहेका छन् । तर, पछिल्लो समय बैंकको स्थिति कमजोर बन्दै गएकाले सञ्चालकहरुले दोहोर्याउन नचाहेको उच्च श्रोतले बताएको छ । यद्दपि हालसम्म भने उनको कार्यकाल दोहोरिन्छ की दोहोरिँदैन भन्नेमा भने स्पष्ट निर्णय हुन सकेको छैन ।

बैंकका अध्यक्ष रमेश दुवाडी भने आजभोलि नै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने बताउँछन् । ‘बैंकको सीईओमा दोहोर्याउने वा नदोहोर्याउने भनेर निर्णय आज हुन्छ, अहिलेसम्म निर्णय भएको छैन, हामीले मात्रै चाहेर हुँदैन,’ उनले भने, ‘सञ्चालहरुले बैंकको अवस्था खस्किएको हुनाले हुँदैन भन्नु भएको छ, समय थोरै भएकाले आजभोलि मै निर्णय हुन्छ ।’

यता सीईओ उपाध्यायले भने आफ्नो कार्यकालमा कृषि विकास बैंकलाई एक अब्बल सरकारी बैंकका रुपमा माथि पुर्याएको दावी गरेका छन् । विकास बैंकजस्तो बैंकलाई वाणिज्य बैंकको रुपमा चिनाउन आफ्नो ठूलो योगदान रहेको उनी बताउँछन् । उनको आगामी योजना पनि बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म बैंकिङ्ग क्षेत्रमा नै सक्रिय रहने बताउँदै उनले भने ‘बैंकको सञ्चालक समितिले दोहोर्याएन भने ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ, यो अनुभवलाई कतै न कतै साट्न योजना बनाउँछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.