गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह

  २०७९ मंसिर २७ गते १२:३५     विकासन्युज

काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन् ।

बिद्यालय जीवन देखिनै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । काठमाडौं सितापाईलामा स्वर्गिय पिता लालबिक्रम शाह र माता दया देबि शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी थिइन् । उनले अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

सानै देखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात गीतकार साहित्यकार अनु शाहको दुइ सय भन्दा बेसी गीतहरु रेकर्ड भईसकेका छन् भने दुइ दर्जन गीतका म्यूजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन् । बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखन संगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै ससक्त भएर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएकी छिन् ।

चलचित्र भिमदत्तमा सह-निर्मात्री रहेकी उनले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन जुन अहिले प्रदर्शनको पर्खाईमा छन् । साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेखेकी छिन् ।

‘कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन…’ गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो । गीतकार संघको आजिबन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुन् । कला साहित्य विधामा उल्लेखीय योगदान पुर्याउदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसकेकी छिन् ।

सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्ने उनले नेपालका धेरै संघ संस्थामा आश्रित अनाथ असहाय, दुखि पिडित बेसहाराहरुलाइ बिदेशमा रहेर पनि सहयोग गर्दै आएकी छिन् । प्रबास रहेपनि संधै नेपाललाई माया गर्ने अनु शाह कला साहित्यकी मुर्धन्य व्यक्तित्व हुन् ।

पेशाले शिक्षिकाको रुपमा कार्यरत गीतकार अनु शाह ब्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित भएकी छिन् । उनको लेखन शैली उनको शब्द चयन देखि उनको प्रस्तुति समेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

समग्र नेपाली मनोरंजन क्षेत्रमा करडौ लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केहि संगीतकार, चलचित्र निर्माता, निर्देशक देखि अन्य केहि व्यक्तिहरुले ठगि गरेको बताउछिन् । उनि भन्छिन सुरुमा मिठो र राम्रो राम्रो कुरा गरि बिश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नु भन्दा पहिले सोच्नु पर्ने रहेछ। बिश्वासको आधारमा लगानी गरेर आफु डुबेको उनि दुखेसो पोख्छिन्। थुप्रै कामहरु रोकिरहेको छ, गित संगीत र रचनाहरु हराईरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन्, विभिन्न बहानाबाजीमा झुलाइरहेका छन् ।

केहि संगीतकार र चलचित्रकर्मीहरुले ठगि गरेको उनको आरोप छ । त्यसैले त्यस्ता ठगि गर्ने गिरोहहरुलाई अब कानुनि प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पुरा नगर्नेहरुको नाम सार्बजनिक गर्ने तयारीमा रहेको उनले बताइन्। हामी दु:ख गरि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौ तर त्यसको उचित मुल्यांकन र सदुपयोग नहुँदा म जस्ता बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पिडा भोग्नु परेको बताउछिन् ।

नेपाल आउँदा र अमेरिका रहंदा समेत सधै गित संगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केहि साहित्यिक पुस्तक, म्यूजिक भिडियो र चलचित्र आउन लागेको उनले जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.