स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त

  २०७९ मंसिर २५ गते १७:३१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । यसअघि सर्वसाधारणबाट प्रतिनिधित्व गरेका सञ्चालक भरत कुँवरको कार्यकाल आइतबार सकिएको छ । कुँवरको कार्यकाल सकिएपछि अग्रवाललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो ।

आइतबार सम्पन्न भएको बैंकको ३६ औं वार्षिक साधारण सभाले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी आगामी ४ वर्षसम्मका लागि बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.