उद्योग परिसंघले सुरु गर्यो श्रृङखलागत ‘बजेट वाच’, ६ महिना छलफल गर्ने

  २०७९ मंसिर १६ गते १६:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले बचेट वाच नाम दिएर श्रृङखलागत छफफल सुरु गरेको छ । परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट वाच संवादको सुरु गरेको हो । उक्त संवाद ६ महिनामा ८ श्रृङखलासम्म सञ्चालन हुनेछ ।

परिसंघले ६ महिनासम्म नव उद्यम तथा सूचना प्रविधि, पर्यटन, उद्योग, कर प्रणाली, लगानी, उद्योग, उर्जा, पूर्वाधार र कृषिको विषयमा छलफल गर्ने जनाएकाे छ । यो संवादले बजेट कार्यान्वयनमा सुधार, सरकारी खर्चमा सुधार र आर्थिक विकासलाई गति दिनका लागि कार्यदिशा प्रदान गर्न सकिने परिसंघले बताएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटमा गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले चालू आवको बजेटमा ८ प्रतिशतको निर्यातमा सहुलियत दिने विषयले सिमेन्ट र डण्डी निर्यात सुरु भइसकेकोले यो कार्यक्रमले यस्ता खालका व्यवस्था कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.