हिमालयन एभरेष्ट इन्स्योरेन्सले डीसीईओसहित ७ वटा पदमा माग्यो कर्मचारी

  २०७९ मंसिर १६ गते १३:२१     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा पहिलो मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सहित विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयको लागि हेल्थ असिस्टेन्टदेखि डीसीईओसम्मका कर्मचारीलाई जागिरको अवसर खुला गरेको छ । जसमध्ये डीसीईओ एक जना, डीसीएम तथा एजीएमका लागि केही, म्यानेजेरियल, अफिसर र एसिस्टेन्ट लेभलमा मार्केटिङ्, क्लेम एण्ड डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसेरमा केही र हेल्थ असिस्टेन्टमा केही व्यक्तिहरुलाई कम्पनीमा जागिर खान पाउने छन् ।

यससँगै न्यूनतम स्नातक तहदेखि अधिकतम स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेकाहरु मात्रै उक्त विभिन्न पदको लागि योग्य हुनेछन् । इच्छुक तथा योग्यता पुगेकाले यो महिनाभित्रमा कम्पनीमा आवेदन दिन सक्नेछन् ।

उनले आफ्नो बायोडाटा, अपेक्षित तलब उल्लेख गरिएको कभर लेटर, नागरिकता प्रमाणपत्र र शैक्षिक/अनुभव प्रमाणपत्रहरू, रुचाइएको स्थान र फोटो सहितको इमेल मार्फत आवेदन दिन सक्ने छन् । यससँगै इच्छुकले आगामी मंसिर २९ गतेभित्रमा कम्पनीले उपलब्ध गराएको इमेल आईडीमा आवेदन दिइसक्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.