घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई ५३ करोड नाफा

  २०७९ मंसिर १६ गते ८:३०     विकासन्युज

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार पठाएको सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।

आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक बिरेन्द्र गोइतले जानकारी दिए । यस्तै, ग्यासको मूल्य भने प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको उनको भनाइ छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा हुन पुगेको छ । निगमले मूल्य यथावत राख्यो भने १५ दिनमा नाफा ५३ करोड हुने अनुमान रहेको गोइतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.