आइएमई लाइफका संस्थापकले मंसिर २० भित्र शतप्रतिशत रकम जम्मा गर्नुपर्ने

  २०७९ मंसिर १६ गते ७:१५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो ।

यसअघि कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरुलाई मंसिर ५ गतेभित्र शतप्रतिशत रकम जम्मा गर्न आग्रह गरेको थियो ।

कम्पनीका अनुसार गत असोज २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले चुक्ता पूँजी १०० प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो । सोहि बमोजिम कात्तिक ३१ गते बसेको सञ्चालक समितिको बैठकले साविक सेयरधनीहरूबाट सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत पूँजी माग गर्ने निर्णय गरेको थियो ।

सेयरधनीहरुलाई उक्त रकम कम्पनीको काठमाण्डौको हात्तीसारस्थित सिद्धार्थ बैंकमा रहेको खाता नं. ५५५००३५८८१४ र काठमाण्डौको तीनधारास्थित नबिल बैंकमा रहेको बैंक खाता नं. ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न आग्रह गरेको हो र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.