सिके राउत पनि सरकारमा जाने, प्रधानमन्त्रीसँग के भयो कुराकानी ?

  २०७९ मंसिर १५ गते १८:४४     विकासन्युज

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि सरकारमा जाने संकेत देखाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै उनले सरकारमा सामेल हुने संकेत देखाएका हुन् ।

आज (बिहीबर) देउवा र राउतबी भेटवार्ता भएको हो। कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।

यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.