राष्ट्र बैंकको नीतिविरुद्ध नाडाले चरणवद्ध आन्दोलन गर्ने

  २०७९ मंसिर १५ गते १७:२०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलन गर्ने भएको छ । राष्ट्र बैंकले हालै गरेको वर्तमान नीतिहरु विरुद्ध नाडाले चरणवद्ध आन्दोलनको घोषणा गर्न लागेको हो ।

एशोसिएशनले राष्ट्र बैंकको नीतिमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्न तथा आन्दोलनको कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्दै छ ।

सो सम्बन्धमा जानकारी दिन नाडाले मंसिर १६ गते शुक्रबार दिउँसो साढे १२ बजेर काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघमा प्रत्रकार सम्मेलन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.