नबिल बैंकले काठमाडौं महानगरपालिका २० मा रहेको जग्गा बिक्री गर्दै

  २०७९ मंसिर १५ गते ९:१६     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानको घररजग्गा बिक्री गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा २० मा रहेका दुइ वटा घरजग्गा बिक्री गर्ने भएको हो ।

बैंकले काठमाडौं महानगरपालिका २० (साविक वडा नम्बर ३१) नम्बर वडामा रहेका कित्ता नम्बर १५०६ र १५०९ का क्रमशः ६३.५८ वर्गमिटर र ५८६.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

उक्त घर–जग्गा खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले आफूले लिन चाहेको मूल्य उल्लेख गरी सूचना प्रकाशन भएको १५ दिन अर्थात् मंसिर २९ गतेभित्र प्रशासन विभाग, घण्टाघर, काठमाडौंमा शीलबन्दी बोलपत्र पेश गर्न बैंकले भनेको छ । प्राप्त भएका बोलपत्र पौष १ गते शुक्रबार ११ बजे बालपत्र दाताको रोहबरमा खोलिने बैंकले जनाएको छ ।

आफूले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी वापत नबिल बैंकको शाखामा जम्मा गरी सक्कल भौचरसमेत बोलपत्रमा समावेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.